भूक्षय रोक्नका लागि नवलपरासीमा बिरुवा बाँड्न शुरु

 असार १३, २०८१ बिहीबार १२:२४:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

हरियाली प्रवर्द्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सर्वसाधारणलाई बिरुवा बाँड्न शुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित २८ प्रजातिका एक लाख ६० हजारभन्दा धेरै बिरुवा निःशुल्क वितरण गर्ने जनाएको छ ।

नर्सरीमा हुर्काइएका बिरुवा वृक्षा रोपण गर्न निःशुल्क वितरण थालिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो । उहाँले बाँस, तेजपात, हर्राे, बर्राे, धूपी, कपुर, शीतलचिनी, निम, रुख कटहर, अम्बा लगायतका बिरुवा वितरण गरिने जानकारी दिनुभयो ।

वन कार्यालयको नर्सरीबाट बिरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउने बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउने बढेका हुन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया