रिलायन्स स्पिनिङ मिल्सलाई 'आईपीओ' जारी गर्न अनुमति, शेयर भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने

 असार १३, २०८१ बिहीबार १५:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारण लगानीकर्तालाई साधारण शेयर अर्थात् 'आईपीओ' जारी गर्ने अनुमति पाएको छ ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भएको कम्पनीलाई धितोपत्र बोर्डले शेयर निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाका दरले शेयर निष्कासन गर्नेछ । न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएकोले कम्पनीको शेयर भर्न लगानीकर्ताले कम्तीमा ४१ हजार ४० रुपैयाँ खर्च गर्नु पर्नेछ ।

मूल्य निर्धारणका लागि कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्कासन गरेको थियो । योग्य संस्थागत लगानीकर्ताले बोलकबोलबाट हालेको मूल्यअनुसार कम्पनीको शेयरको 'कट अफ' मूल्य प्रतिकित्ता नाै सय १२ रुपैयाँ निस्किएको थियो । यसरी निस्किएको मूल्यमा १० प्रतिशतले घटाएर सर्वसाधारणका लागि शेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया