अब भारत र भुटानमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

 असार १४, २०८१ शुक्रबार ९:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीमा क्यूआर कोड प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गदै क्यूआरमार्फत विदेशमा पैसा पठाउन पाउने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार नेपालीले अब भारत र भुटानमा क्यूआरमार्फत मासिक एक लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

यसैगरी नेपालमा कार्यरत भारतीयले पनि व्यक्तिगत तथा संस्थाको क्यूआरबाट भारतीय बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । यसअघि कार्डमार्फत मात्रै दिईएको यस्तो सुविधा अब क्यूआरमार्फत पनि दिन लागिएको हो । भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी हुने गरीसमेत उपलब्ध गराउने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

बैंकको निर्देशिका अनुसार भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्यूआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत भारत र भुटानमा भुक्तानी हुने गरी उपलब्ध गराउन सकिनेछ । यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा नआएसम्म यो अन्तर्गतको रिटेल पमेन्ट स्विचको माध्यमबाट प्रदान गर्नुपर्ने राष्ट्र बैंकको निर्देशिकामा उल्लेख छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया