मैले माेइन अलीलाई पनि बलिङ दिनुपर्थ्याे : जाेस बटलर

 असार १४, २०८१ शुक्रबार १५:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – इङ्गल्यान्ड क्रिकेट टिमका कप्तान जोस बटलरले टी–२० विश्वकपअन्तर्गत भारतसँगको सेमिफाइनलमा मोइन अलीलाई बलिङ नदिएर आफूले गल्ती गरेको बताएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनका क्रममा इङ्गल्यान्डका कप्तान बटलरले स्पिनरका लागि सहयोगी देखिएको पिचमा अफ स्पिन अलराउन्डर मोइन अलीलाई बलिङ नदिनु आफ्नो गल्ती भएको बताएका हुन् । यद्दपि टसले खेलको परिणाममा कुनै असर नगर्ने उनले बताए ।

यो खेलमा इङ्गल्यान्डका स्पिनर आदिल रशिद र लायम लिभिङ्गस्टोनले ८ ओभरमा ४९ रन दिएका थिए । यद्दपि बटलरले आफ्नो टिमको प्रयासलाई लिएर गर्व गरेका छन् । आफूहरूले राम्रो क्रिकेट खेलेको तर अन्तिम समयमा चुकेको उनको भनाइ छ ।

हिजो भएको दोस्रो सेमिफाइनलमा भारतले इङ्गल्यान्डलाई ६८ रनले हराएको थियो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड १६ ओभर ४ बलमा १ सय ३ रन बनाउँदा अल आउट भएको थियो । अब भारतले उपाधिका लागि भोलि दक्षिण अफ्रिकासँग खेल्दैछ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया