कर्णाली करिडाेर प्रसारण लाइन निर्माण शुरु

 असार १४, २०८१ शुक्रबार १५:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कर्णाली करिडोर ४ सय केभी प्रसारण लाइन निर्माण शुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गर्नुभएको हो ।

कर्णाली करिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार फुकोट–कर्णाली, बेतन–कर्णाली, तिला एक र दुई लगायतका आयोजनाबाट उत्पादित झन्डै तीन हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको 'प्रसारण हाइवे' का रूपमा रहेको यस आयोजनाको निर्माणबाट सुदूरपश्चिमका अन्य पूरक पूर्वाधारको विकास भई समग्र देशको बिजुली विकासमा टेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

१ सय २५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेङ्गिलबाट शुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोधारा सबस्टेशनमा जोडिने छ । त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवम् दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ ।

आउँदो तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको अनुमानित लागत आठ अर्ब रुपैयाँ बराबर छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया