धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्ततः रद्द

 असार १४, २०८१ शुक्रबार १८:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्ततः रद्द भएको छ । अर्थ मन्त्रालयले सूचना निकालेर अध्यक्षको नाम सिफारिश गर्न अहिलेसम्म सम्पन्न गरिएका छनोटसम्बन्धी सबै प्रक्रिया रद्द गरिएको जनाएको छ । मन्त्रालयले रद्द हुनुको कारण भने उल्लेख गरेको छैन ।

बोर्डको अध्यक्ष सिफारिश गर्न गठित समितिले असार पहिलो हप्ता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीका मुक्तिनाथ श्रेष्ठ, सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की गरी पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो । पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिश गर्ने योजना थियो । तर अन्तरवार्ताका लागि दुई जना मात्रै उपस्थित भएपछि छनोट प्रक्रिया विवादित बनेको हो ।

धितोपत्र बोर्ड ऐन २०६३ ले बोर्ड अध्यक्षका लागि सिफारिश समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ । धितोपत्र बजारको नियमन गर्ने निकाय धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले चार महिनाअघि प्रक्रिया शुरु गरेको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया