दाङको राजपुर गाउँपालिकाबाट एसईईमा एक जना मात्रै विद्यार्थी उत्तीर्ण

 असार १५, २०८१ शनिबार १५:५:१८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ वटा माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिएकामा एक जना मात्रै उत्तीर्ण भएका छन् । याे विद्यालयबाट ८५ जना एसईई परीक्षामा सहभागी भएका थिए ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार एसईईमा साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । सात वटा विद्यालयबाट कुनै पनि विद्यार्थी उतीर्ण भएका छैनन् ।

यही पालिकाकाे जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शङ्कर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खङ्ग्रानाकाबाट १० जना एसईई परीक्षा सहभागी भएका थिए । यस्तै माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ र शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसईइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ ।

शिक्षामा लगानी गरे पनि त्योअनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाकी उपाध्यक्ष यादवले बताउनुभयो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया