रोजगार मेलामा १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता

 असार १७, २०८१ सोमबार ९:२५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले गरेको 'श्रमाधान रोजगार मेला' मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको छ ।

मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर अध्ययन गर्ने तयारी गरेको जानकारी दिनुभयो । जेठ १७ गते विराटनगरबाट शुरु भएर जेठ ३० गते ललितपुरमा सकिएको मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया