चन्द्रागिरिले नगरभित्र जन्मिएका बालबालिकाका लागि ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने

 असार १७, २०८१ सोमबार १२:१७:५८ | रासस
unn.prixa.net

रासस

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले नगरभित्र जन्मिएका बालबालिकाका लागि पाँच हजार रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ । गएको वर्ष साउन १ गतेपछि जन्मिएका नगर क्षेत्रमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाका लागि चन्द्रागिरि नगरपालिकाले थानकोटमा शाखा रहेको एनआईसी एशिया बैंकमा खाता खोली एकमुष्ट जम्मा गरिदिने भएको हो ।

चन्द्रागिरि नगरपालिका निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा अनुदान सञ्चालन कार्यविधि २०७८ अनुसार बालबालिका १८ वर्ष पूरा भएपछि आर्थिक सामाजिक सुरक्षाका लागि यो कार्यक्रम लागू गर्न लागिएको मेयर घनश्याम गिरीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकले आफ्नो सन्तानको खातामा रकम थप गरी भविष्य सुनिश्चित गर्न आग्रह पनि गर्नुभयो ।

२०८० साउन १ गतेयता चन्द्रागिरि नगरपालिकामा ८० जना बालबालिकाको जन्म दर्ता भए बमोजिम उनीहरूको बैंक खाता खोली रकम बचतको प्रक्रिया शुरु हुने छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया