एकीकृत समाजवादीको महाधिवेशनमा आजदेखि बन्दसत्र

 असार १७, २०८१ सोमबार १२:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि बन्दसत्र शुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने पार्टीले जनाएको छ । यी दस्तावेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुनेछ ।

महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसँग महासचिव घनश्याम भुसालले पनि दाबी गर्ने तयारी गर्नुभएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । झन्डै तीन वर्षअघि एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीको महाधिवेशन हिजोदेखि काठमाण्डौमा शुरु भएको हो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया