आधुनिक भाँडाको प्रयोग बढे पनि भक्तपुरमा परम्परागत भाँडा खोज्नेहरू घटेनन्

 असार १७, २०८१ सोमबार १५:२०:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – आधुनिक भाँडाको प्रयोग बढे पनि माटोका परम्परागत भाँडाकुँडाको माग कायमै रहेको भक्तपुरका कुमाल समुदायले बताएका छन् । माटोको भाँडा बनाउने कामलाई मुख्य पेसा बनाइरहेका उनीहरूले माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएको बताएका छन् ।

बजारमा स्टिल, प्लास्टिकका लगायत सस्तो र सजिला सामग्री उपलब्ध भए पनि अझै परम्परागत माटोका सामग्री खोज्न आउने गरेका कुमाले टोलका तुलसीराम प्रजापतिले बताउनुभयो । माटोका घैँटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरूको माग बढ्दै गएको उहाँको भनाइ छ ।

कुमाल टोलका स्थानीय पहिले अरू जिल्ला पुगेर महिनौँसम्म भाँडा बनाउँथे र ज्यालाको रूपमा धान, गहुँ, मकै ल्याउथेँ । अहिले अरू जिल्लाका मानिस आफैँ यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन् ।

पहिले सूर्यविनायक, सिपाडोल, चाँगुनारायणमा माटो उपलब्ध हुने भए पनि अहिले उपयुक्त माटो लिन काठमाण्डाैकाे साँखु र काभ्रेको धुलिखेल वा दाङसम्म पुग्नुपर्छ । प्रतिकिलो ५० रुपैयाँ तिरेर गाडीमा माटो ल्याउनुपर्ने कुमाल टाेलका तुलसीराम प्रजापतीले जानकारी दिनुभयो ।

पहिले–पहिले माटो खुट्टाले मुछ्ने गरिन्थ्यो । अहिले मेशिनले गर्दा छिटो तयार हुने र सजिलो हुने गर्छ । पहिले जस्तो चाखा अथवा चर्खा पनि हातले चलाउन नपर्ने मोटरले चल्ने भएकाले भाँडा बनाउन सजिलो भएको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया