वडाध्यक्षले दलित समुदायका घर जोखिममा पारेर जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित

 असार १७, २०८१ सोमबार १५:१४:२६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – पाल्पाको तानसेन नगपालिका वडा नम्बर १४ का वडाध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घर जोखिममा पारेर जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

दलित समुदायका नागरिकले आफ्नो बस्तीमाथि वडाध्यक्षका आफन्तको घर रहेको र त्यहाँ बाटो पुर्‍याउनका लागि बीचमा पर्ने व्यक्तिका निजी घरजग्गामै डोजर चलाइएको बताएका छन् । स्थानीयले घरहरू यही बर्खामा नै जोखिममा परेकाले त्यसको रोकथामसहित क्षतिपूर्तिको माग गरेका छन् ।

बर्खाका समयमा बाढी र पहिरो खस्नेगरी आफ्ना घरछेउबाटै डोजर चलाइएको पीडित परिवारका सदस्य प्रेम शाही समुन्द्रीले जानकारी दिनुभयो । वडाध्यक्षले आफ्नो परिवारसमक्ष कुनै पनि सहमति नगरेका तथा घरको आँगनबाटै डोजर चलाउँदा समेत आफूहरूलाई कुनै सूचना नै नदिई जबरजस्ती गरेका उहाँले बताउनुभयो ।

वडाध्यक्ष शाेभाकर भट्टराईले भने आफूले मौखिक रूपमा सम्बन्धित व्यक्तिलाई सोधेको दाबी गर्नुभएकाे छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया