बरु प्रहरी प्रयाेग गर्छु तर शिक्षा क्षेत्रमा गुण्डागर्दी सहिन्न : मन्त्री श्रेष्ठ

 असार १७, २०८१ सोमबार १८:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउनुभएको हो । उहाँले प्रहरी परिचालन गरेर भए पनि विश्वविद्यालयमा राजनीतिक दलका भातृ सङ्गठनको हस्तक्षेपलाई अन्त्य गर्ने जिकिर गर्नुभयाे । उहाँले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा प्रहरी राखेर अन्तर्वार्ता गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टीयूमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइँदैन भनेर अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरी राखेर अन्तर्वार्ता गर्नुपर्ने अवस्था आयाे । जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो ।’

मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) काे नतिजामा शिक्षा मन्त्रालय मात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताउनुभयो । उहाँले एसईईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको उल्लेख गर्नुभयाे । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनुपर्ने मन्त्री श्रेष्ठकाे भनाइ छ ।

मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने पनि बताउनुभयो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया