पछिल्ला २ दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि : अध्ययन

 असार १७, २०८१ सोमबार १८:३१:२८ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पछिल्ला दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ । 'ग्यालप रिसर्च इन्स्टिट्युट' ले सन् २०२२ मा गरेको विश्वव्यापी सर्वेक्षणमा १० मध्ये चार वयस्कले आफूलाई प्रशस्त चिन्ता र तनाव हुने गरेको बताएका छन् । चिन्ता र तनावको मुख्य स्रोत नकारात्मक भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

सेवा सुविधा उपलब्ध, औसत आयुमा वृद्धि, सङ्क्रामक रोगलाई रोक्न सक्ने क्षमता लगायतका कारण नकारात्मक भावना कम हुनुपर्नेमा अझै बढ्नु चिन्ताको विषय भएको अध्ययनमा संलग्नहरूको भनाइ छ । इतिहासमै सम्भवतः पहिलो पटक सबैजसोका लागि गाँस, बास, कपास र शिक्षाको प्रबन्ध गर्न सक्षम भएको अवस्थामा पनि नकारात्मक भावना वृद्धि हुनु मानव जातिकै लागि समस्याको कुरा भएको प्रतिवेदनमा भनिएको छ ।

अध्ययन प्रतिवेदनमा टीभी र इन्टरनेटजस्ता प्रविधिमा भएको प्रगतिले मानिसलाई राम्रा र नराम्रा सबै किसिमका जानकारीमा अत्यधिक पहुँच दिएको हुनाले पनि स्थिति झन् बिग्रिएको उल्लेख रहेको बीबीसीले जनाएको छ । नकारात्मक भावना वृद्धि हुनुमा धेरैजसो समाचारहरू नकारात्मक हुनु पनि एउटा कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

युद्ध, महामारी, जलवायु परिवर्तन, दुर्घटना लगायतका समाचारहरूले मानिसमा नकारातत्मक भाव बढी ल्याउने गरेको दाबी पनि प्रतिवेदनमा गरिएको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया