रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गयो

 असार १८, २०८१ मंगलबार ६:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको ज्यान गएको छ । माडी गाउँपालिका वडा नम्बर ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप  हिजो बेलुका परेवा छहरामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी र एक महिलाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १० जनालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया