एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

 असार १८, २०८१ मंगलबार ७:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठक बस्ने तयारी छ । बैठकमा नेकपा एमालेसँग गएराति भएको सत्ता साझेदारी र समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुनेछ ।

कांग्रेस–एमालेबीच सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ । दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको नेताहरुको दाबी छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया