पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

 असार १८, २०८१ मंगलबार ९:२७:३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरमा सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार छुट्ने गाडी ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माका अनुसार सडक खुलाउने प्रयास गरे पनि ठूलो पानी परेका कारण  समस्या भैरहेको छ ।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा सम्पर्क बिच्छेद भएको बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया