शेयर बजारमा 'सर्किट ब्रेक'

 असार १८, २०८१ मंगलबार ११:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा सकारात्मक 'सर्किट ब्रेक' लागेकाे छ । आज बजार खुलेकाे १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलाे सर्किट ब्रेक लागेकाे हाे । सर्किट ब्रेक लागेसँगै अहिले काराेबार राेकिएकाे छ ।

सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसकाे प्रभाव शेयर बजारमा देखिएकाे हाे । शेयर बजार १ मिनेटमै ८२ अङ्कभन्दा धेरैले बढेर २ हजर १ सय ३५ विन्दुमा पुगेर राेकिएकाे छ ।

अहिले कार्यान्वयनमा रहेको 'सर्किट ब्रेक' सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया