भारतसँगको टी–२० शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा जिम्बावेको टोली घोषणा

 असार १८, २०८१ मंगलबार १५:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतसँगको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा टोली घोषणा भएको छ ।

अनुभवी ब्याटर राजाले विश्व विजेता भारतसँगको खेलमा युवा टोलीको नेतृत्व गर्ने भएका हुन् । सिकन्दर राजाले अहिलेसम्म ८६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार ९ सय ४६ रन बनाएका छन् ।

जिम्बावे सन् २०२४ को टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो र नयाँ मुख्य प्रशिक्षक जस्टिन सामन्सको नेतृत्वमा लयमा फर्किने प्रयास गरिरहेको छ । जिम्बावे टोलीको खेलाडीको औसत उमेर २७ वर्ष छ भने कप्तान सिकन्दर राजा ३८ वर्षका छन् ।

भारत र जिम्बावेबीचको ५ खेलको टी–२० शृङ्खला यही जुलाई ६ तारिखदेखि हरारेमा शुरु हुँदैछ । भारतले यसअघि नै शुभमन गिलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

यस्तो छ जिम्बावेको टोली–
सिकन्दर राजा (कप्तान), फरज अकरम, ब्रायन बेनेट, जोनाथन क्याम्पबेल, तेन्देई चतरा, लुक जोङ्गे, इनोसेन्ट काया, क्लिभ मदान्दे, वेसले मेधेवेरे, तादिवानशे मरुमनी, वेलिङ्गटन मसाकदा, ब्रान्डन मभुता, ब्लेसिङ मुजराबनी, डिओन मेयर्स, अन्तुम नक्भी, रिचार्ड नगारभा र मिल्टन शुम्बा ।

यस्तो छ भारतको टोली–
शुभमन गिल (भारत), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिङ्कु सिंह, सन्जु सामसन, ध्रुव जुरेल, रायन पराग, वाशिङ्गटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार, तुषार देशपाण्डे र शिवम् दुबे ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया