मुग्लिन–मलेखु सडक खण्डमा १६ महिनामा जम्मा १३ प्रतिशत काम

 असार १८, २०८१ मंगलबार १५:२२:२० | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

चितवन – मुग्लिन–मलेखु सडक खण्ड विस्तार र स्तरोन्नतिको काम निकै सुस्त गतिमा रहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम शुरु गरिएकामा १६ महिनाको अवधिमा जम्मा १३ प्रतिशत काम भएको छ । सम्झौताअनुसार ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले नक्साङ्कन, वर्षा र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताउनुभयो । सम्झौता गर्ने बेलाको नक्साङ्कन परिवर्तन गर्दा छ महिना थप समय लागेकाले पनि काममा ढिलाइ भएको उहाँले बताउनुभयो ।

आचार्यका अनुसार मुग्लिन–मलेखु खण्डमा रहेका आठ वटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भर्ट विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडक खण्डमा छ वटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलामा रहेकाे पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।

विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शर्मा–जेडआई सिजी जेभीले चार अर्ब रुपैयाँमा ठेक्का पाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया