तिला गाउँपालिकामा चालू आर्थिक वर्षमा ६१ वटा विकासे योजना सम्पन्न

 असार १८, २०८१ मंगलबार १८:२९:४८ | रासस
unn.prixa.net

जुम्ला – जुम्लाको तिला गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको दाबी गरेको छ ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ वटा योजना निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरूको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उहाँले बताउनुभयो ।

पालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय ६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार तिलाका नौ वटा वडा र पालिकास्तरमा गरी कुल एक सय ६५ योजना सम्पन्न भएका हुन् । तीमध्ये ५० लाख रुपैयाँमाथिका १५ वटा, पाँच लाखदेखि ५० लाख रुपैयाँसम्मका एक सय २० र पाँच लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया