सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलले काम शुरु गर्‍याे

 असार १९, २०८१ बुधबार १८:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन प्रमुख तीन दलले गठन गरेको कार्यदलले काम शुरु गरेको छ ।

यही असार १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका नेताहरूसँग छलफल गरेपछि तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रहेको कार्यदलको पहिलो बैठक आज बसेको हो । आज सिंहदरबारमा बसेको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको कार्यदल सदस्य जनार्दन शर्माले बताउनुभयो । उहाँका अनुसार विधेयकमा सहमति हुन बाँकी चार वटा विषयमा विकल्पसहित छलफल भएको छ ।

विधेयकमा रहेको मानव अधिकारको गम्भीर उल्लङ्घन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति तथा महान्याधीवक्ताले गम्भीर मानव अधिकार उल्लङ्घनको विषयमा घटी मागदाबी लिएर जाने लगायत चार वटा विषयमा सहमति हुन बाँकी छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया