मुकुल ढकाललाई सात दिनका लागि महामन्त्रीबाट निलम्बन गर्ने रास्वपाको निर्णय

 असार २०, २०८१ बिहीबार ५:५९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ । हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ । ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत बैठकमा अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख छ ।

ढकालले भने आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही भएको बताउनुभएको छ । हिजोको बैठकमा ढकालले ३९ जिल्लामा घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्नुभएको थियो । तर केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव अस्वीकृत गरेपछि उहाँ मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी हुनुभएको थियो । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया