दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

 असार २०, २०८१ बिहीबार १८:१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेले अल्पमतमा परेकाले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्व राख्ने कुनै पनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ ।

महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति निकालेर एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्वका निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया