मुकुल ढकालकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

 असार २०, २०८१ बिहीबार १८:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।

ढकालले ३८ वटा जिल्ला भ्रमणपछि तयार पारेको ३२ पृष्ठकाे प्रतिवेदन आज सार्वजनिक भएको हो । ढकालले यो प्रतिवेदन केही दिनअघि पार्टीका सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो । तर पार्टीभित्र छलफल नहुँदै प्रतिवेदन सार्वजनिक गरेको भन्दै रास्वपाभित्र ढकालको आलोचना भएको थियो ।

साथै हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उहाँका गतिविधि विधिसम्मत नभएको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो । ढकालको महामन्त्री पद सात दिनका लागि निलम्बनमा छ ।

निलम्बित महामन्त्री ढकालले पार्टीमा पूँजी नभएको मान्छेलाई स्थान नभएको उल्लेख गर्नुभएको छ ।

यस्ताे छ पूर्णपाठ–

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया