एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा : ओली

 असार २१, २०८१ शुक्रबार ९:१५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताउनुभएको छ ।

हिजो रुपन्देहीमा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षा अनलाइनमार्फत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

उहाँले काठमाण्डौबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिने र अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह पनि गर्नुभयो । फेसबुक पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोड्ने व्यवस्था गरिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया