सहकारीमा पैसा डुबेको भन्दै ५ हजार ३ सय वटा उजुरी, ११ अर्ब ६६ करोड रुपैयाँ मागदाबी

 असार २१, २०८१ शुक्रबार १८:२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय वटा उजुरी दर्ता भएको जनाएको छ ।

सिंहदरबारमा आज बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित प्रहरी अधिकारीहरूले अहिलेसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय वटा उजुरी दर्ता भएको जानकारी दिएका समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो । ५५ हजार चार सय १० जना पीडितले उजुरी दर्ता गरेको र ११ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ मागदाबी गरेको जानकारी प्राप्त भएकाे थापाले बताउनुभयो । प्रतिवादीमध्ये दुई सय ९४ जना पक्राउ परेका र आठ सय ५६ जना फरार रहेका प्रहरीले जनाएको छ ।

यसैबीच समिति बैठकमा उपस्थित प्रहरी अधिकारीहरूले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरूलाई नभएको बताएका छन् । गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरूले अनुसन्धानको अहिलेको प्रक्रियाबाट सहकारी पीडितले न्याय पाउने सम्भावना नेदेखिएको निष्कर्षसमेत सुनाएका सभापति थापाले बताउनुभयो ।

समितिले आज गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका प्रमुख टेकबहादुर तामाङ लगायतसँग छलफल गरेको हो ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया