बाग्मती प्रदेश सरकारबाट एमाले बाहिरियो, ५ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

 असार २४, २०८१ सोमबार १२:१८:१२ | रासस
unn.prixa.net

मकवानपुर – नेकपा एमाले बाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले बाग्मतीमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार छाडेको हो ।

एमालेका मन्त्रीहरूले आज बिहान मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । एमाले बाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीले मुख्यमन्त्री कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका थिए ।

नयाँ सत्ता समीकरण बनेसँगै बाग्मतीमा अब चौथो पटक सरकार बन्ने भएको छ । कांग्रेस र एमालेबीचको केन्द्रीय सहमतिअनुसार यसपटक बाग्मती सरकारमा कांग्रेसले नेतृत्व गर्नेछ । कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया