जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन सकेन : सांसद

 असार २४, २०८१ सोमबार १५:९:४७ | रासस
unn.prixa.net

रासस

काठमाण्डौ – प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गर्दै उद्धार, राहात र व्यवस्थापकीय कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले मनसुन शुुरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

सांसद लक्ष्मी तिवारीले संघ, प्रदेश र पालिका तीनै तहलाई विपद जोखिम न्युुनिकरण र व्यवस्थापनका लागि आवश्यक तालिम लगायतका क्षमता वृद्धिको काम गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले बाढी पहिरोमा बेपत्ता भएकाको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विद्या भट्टराईले बाढी र पहिरोका कारण विभिन्न राजमार्गसँगै ग्रमिण सडकहसमेत अवरुद्ध भएको हुँदा उद्धार र राहतमा समस्या भइरहेको भन्दै समयमा नै सञ्चालन गर्न पनि सांसदहरुले माग गर्नुभएकाे छ ।

सांसद किरणकुमार साहले मनसुन शुरु भएसँगै बाढीपहिरोको जोखिममा बढेको भन्दै पूर्वतयारीमा सरकारको तयारी कमजोर रहेको बताउनुभयो ।

सांसद वासुदेव घिमिरेले पनि बाढीपहिराका कारण धनजनको क्षति भएको भन्दै विपद् व्यवस्थापन र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया