डा. ढकाल रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

 असार २५, २०८१ मंगलबार १३:४७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालाजु काठमाण्डौमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा ढकालले पार्टीको आचारसंहिता उल्लङ्घन गरेको ठहरसहित पदबाट बर्खास्त गरेको बताउनुभयो ।

केन्द्रीय अनुशासन आयोगबाट हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखि विभिन्न पदबाट जिम्मेवारीमुक्त गर्ने सर्वसम्मत निर्णय भएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो । उहाँका अनुसार ढकालले पार्टी विधानको धारा ५७ अनुसार केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय भएको छ ।

रास्वपाको अनुशासन आयोगले डा. ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो । ढकालले ३८ वटा जिल्ला भ्रमणपछि तयार पारेको ३२ पृष्ठको प्रतिवेदन पार्टीभित्र छलफल नहुँदै सार्वजनिक गरेको भन्दै आलोचना पनि भएको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया