सत्ताको मोलमोलाइ र अस्थिरता रोक्न कांग्रेससँग मिल्याैँ : ओली

 असार २६, २०८१ बुधबार १५:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भइरहेको मोलमोलाइ र अस्थिरता रोक्नका लागि कांग्रेस र एमाले मिलेको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सङ्घीय सरकारमा पनि अनावश्यक मोलमोलाइ भइरहेको र यसको असरले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, मोलमोलाइ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रम बढेकाले त्यसलार्य रोक्न एमाले र कांग्रेस मिलेको बताउनुभयाे ।

बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे जानकारी गराउँदै उहाँले एमाले र नेपाली कांग्रेस मिल्दा अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अस्थिरताको स्थितितर्फ जाने भन्ने कुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् । प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, बार्गेनिङ गर्ने, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो ।  विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, नागरिकका आवश्यकतालाई केन्द्र भागमा नराख्ने काम भयो । यसलाई राेक्न एमाले कांग्रेससँग मिलेकाे हाे ।’

ओलीले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको भन्दै अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताउनुभयो । राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया