टी–२० विश्वकपमा पाकिस्तानकाे निराशाजनक प्रदर्शनपछि वाहब र रजाक छनोट समितिबाट बर्खास्त

 असार २६, २०८१ बुधबार १५:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले वाहब रियाज र अब्दुल रजाकलाई छनोट समितिबाट बर्खास्त गरेको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि रियाज र रजाकलाई राष्ट्रिय टोलीको छनोट समितिबाट हटाइएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । टी–२० विश्वकपमा पाकिस्तान पहिलो चरणबाटै बाहिरिएको थियो ।

रजाक पाकिस्तानको महिला क्रिकेट टिमको पनि चयनकर्ता पनि थिए, उनलाई यो पदबाट पनि हटाइएको खबरमा उल्लेख छ । यसअघि यो वर्षकाे शुरुआतमै रियाजलाई मुख्य चयनकर्ताको पदबाट हटाइएको थियो र उनी ७ सदस्यीय छनोट समितिको सदस्य बनेका थिए ।

पाकिस्तानमा पछिल्लो ४ वर्षमा ६ जना मुख्य चयनकर्ता भइसकेका छन् । रियाजभन्दा अघि हारून राशिद, शाहिद अफरिदी, इनजमामा उल हक, मोहम्मद वसीम र मिस्बाह उल हक छोटो कार्यकालयमा चयनकर्ता बनेका थिए । अब पाकिस्तानको छनोट समितिमा मोहम्मद युसुफ, असद शफीक र डेटा एनालिस्ट बिलाल अफजल रहेका छन् ।

अन्तिम अपडेट: भदौ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया