शेयर बजार २३ अङ्कभन्दा धेरैले बढ्याे, ५ अर्ब ७४ कराेड रुपैयाँ बराबरकाे काराेबार

 असार २६, २०८१ बुधबार १५:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो १५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ ।

आज विकास बैंक बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै अरू ३ वटा कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३ सय २२ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ५ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको १५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया