कांग्रेस र एमालेले बजेट संशाेधन गर्न खोजेपछि राष्ट्रिय सभाको बैठक स्थगित

 असार २७, २०८१ बिहीबार १८:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर अर्को बैठक आउँदो आइतवार दिउँसो सवा १ बजे बस्ने जानकारी गराएको हो ।

आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने कार्यसूची थियो । यी तीन वटै बजेट आश्रित विधेयक हुन् । बजेट भने राष्ट्रिय सभाले पारित गरिसकेको छ ।

नेकपा एमालेले सरकारले आयकर ऐन २०५८ को दफा ५७ मा गर्न खोजेको संशोधन प्रस्ताव हटाउन माग गरेको छ । एमालेको यही संशाेधन प्रस्ताव कांग्रेस र एमालेले पास गर्ने तयारी गरेपछि बैठक नै स्थगित भएको हो । अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रिय सभाको अध्यक्षले बैठक स्थगित गर्नुभएको हो । बैठक स्थगित गर्ने काम गलत भएको भन्दै कांग्रेस, एमाले, जसपा र लोसपाले आपत्ति जनाएका छन् ।

बैठक स्थगित भएपछि एमाले, कांग्रेस, जसपा र लोसपाका संसदीय दलका नेताहरूले संयुक्त विज्ञप्ति निकालेर विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानुनी अधिकार समेत हनन भएको उल्लेख गरेका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया