मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाकाे बैठक स्थगित

 असार २७, २०८१ बिहीबार १८:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको आजको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसाे बसेको सभाको बैठकको शुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ ।

प्रतिनिधि सभाको अर्को बैठक भाेलि बिहान ११ बजे बस्नेछ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया