कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रचण्ड

 असार २८, २०८१ शुक्रबार १२:४५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताउनुभएको छ ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमाले सहकार्य आफैँ नबनेकाे जिकिर गर्नुभएकाे हाे । उहाँले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको मर्मत र विधिको शासन शुरु गरेको दाबी गर्नुभयाे । प्रचण्डले कांग्रेस–एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकले बुझेको छ, खासमा तपाईँहरू (कांग्रेस–एमाले) सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ शुर गरेँ, लोकतन्त्रको गोडमेल शुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन शुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । कांग्रेस–एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ भन्ने । त्यो सत्य होइन । तपाईँहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस–एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया