जिम्वावेसँगको टी–२० श्रृङखला भारतले एक खेल अगावै जित्यो

 असार ३०, २०८१ आइतबार ६:४२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।

जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले १५ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो । उसका यशस्वी जैसवाल ५३ बलमा ९३ रन र शुभमन गिल ३९ बलमा ५८ रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्वावेले सात विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । उसका कप्तान सिकन्दर राजाले सर्वाधिक ४६ रन बनाए ।

भारतका खलिल अहमदले दुई तथा तुशार देशपाण्डे, वाशिंटन सुन्दर, अभिषेक शर्मा र शिवम दुबेले समान एक–एक विकेट लिए । श्रृङखलाको अन्तिम खेल आज बेलुका हुनेछ । भारत पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने उसले दोस्रो खेल एक सय र तेस्रो खेल २३ रनले जितेको थियो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया