युरो कप फुटबलको उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

 असार ३०, २०८१ आइतबार १०:४१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – युरो कप फुटबल सन् २०२४ को उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दैछन् । फाइनल खेल जर्मनीको बर्लिनमा रहेको ओलम्पिक रङ्गशालामा नेपाली समय अनुसार आज राति पौने एक बजे शुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन र दोस्रो सेमिफाइनलमा नेदरल्यान्डस्लाई २–१ गोलले नै हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।

यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्नेछन् । स्पेनले अहिलेसम्म तीन पटक उपाधि जितेको छ । यसपटक जितेमा उसले सर्वाधिक चार पटक उपाधि जित्नेछ ।

त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको इङ्ल्यान्ड अघिल्लो संस्करणमा इटालीसँग फाइनलमा पराजित भएको थियो । इङ्ल्यान्डका ह्यारी केनका लागि पनि व्यक्तिगत रूपमा आजको फाइनल खेल महत्वपूर्ण उपाधिको अवसरका रूपमा रहेको छ । 

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया