कोपा अमेरिका फुटबलको फाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

 असार ३०, २०८१ आइतबार १८:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – कोपा अमेरिका फुटबलको फाइनलमा भोलि बिहान साविका विजेता अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । यो खेल बिहान पौने ६ बजे फ्लोरिडाको मियामी गार्डेन्समा रहेको हार्ड रक स्टेडियममा शुरु हुनेछ ।

सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै उपाधि नजिकै पुगेका हुन् । यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र कोलम्बियाबीच ४३ पटक भेट भएको छ । जसमा अर्जेन्टिनाले २६ र कोलम्बियाले ९ खेल जितेको छ । यस्तै ८ खेल बराबरीमा सकिएको छ ।

अर्जेन्टिना कोपा अमेरिका फुटबलमा सबैभन्दा सफल टिममध्ये एक हो । अर्जेन्टिनाले अहिलेसम्म १५ पटक उपाधि जितेको छ । यस्तै उरुग्वे पनि त्यति नै पटक विजेता बनेको छ । कोलम्बियाले भने सन् २००१ मा उपाधि जितेको थियो ।

अन्तिम अपडेट: भदौ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया