जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जित्यो

 असार ३१, २०८१ सोमबार ६:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जितेको छ । अन्तिम खेलमा हिजो भारतले जिम्बावेलाई ४२ रनले हराउँदै शृङ्खला ४–१ ले जितेको हो ।

भारतले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभर तीन बलमा एक सय २५ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । भारतका लागि मुकेश कुमारले चार विकेट लिए ।

त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ५८ रन बनाए । जिम्बावेका लागि ब्लेसिङ मुजराबानीले दुई विकेट लिए ।

भारतले शृङ्खलाको पहिलो खेलमा हार बेहोरेर त्यसपछिका सबै खेल जितेको छ । भारतको आउँदो शृङ्खला जुलाई अन्तिममा श्रीलंकामा हुनेछ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया