एमाले र कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो

 असार ३१, २०८१ सोमबार ११:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्दै हुनुहुन्छ । राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने एमालेले जनाएको छ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्‍याउने एमालेको तयारी छ । यसअघि उनीहरू पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा पनि यही जिम्मेवारीमा थिए । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने एमालेको तयारी छ । 

कांग्रेसले पनि सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । यस्तै रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ ।

दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वन तथा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । कांग्रेसमा शेखर कोइराला समूहले स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे टुंगो लगाउन सकेको छैन ।

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया