अहिलेसम्म देशभर ६७ दशमलव ३ प्रतिशत राेपाइँ

 असार ३१, २०८१ सोमबार १८:२०:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिलेसम्म देशभर ६७ दशमलव ३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा ६१ दशमलव ७ प्रतिशत, मधेश प्रदेशमा ६१ दशमलव ५ प्रतिशत, बाग्मती प्रदेशमा ६९ दशमलव २ प्रतिशत, गण्डकी प्रदेशमा ७५ प्रतिशत, लुम्बिनी प्रदेशमा ६६ दशमलव ७ प्रतिशत, कर्णाली प्रदेशमा ७८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो ।

यो हप्ता पानी परेकाले गएको हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया