नेपाली महिला क्रिकेट टोली तेस्रो अभ्यास खेलमा २ रनले विजयी

 साउन १, २०८१ मंगलबार १५:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – एसीसी महिला एशिया कपका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा विजयी भएको छ । आज भएको खेलमा नेपालले श्रीलङ्का बोर्ड महिला विकास टोलीलाई २ रनले हरायो ।

नेपालले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का टोलीले २० ओभरमा १ सय १० रनमात्र बनाउन सक्याे । यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । नेपालकी रुबिना क्षेत्रीले ३७ र विन्दु रावलले २० रन बनाइन् । श्रीलङ्का टोलीकी डी थेनाकले २ विकेट लिइन् ।

यसअघि नेपाली टोली पहिलो अभ्यास खेलमा ३३ रन र दोस्रो अभ्यास खेलमा ४ विकेटले पराजित भएको थियो ।

एशिया कप आउँदो शुक्रवारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् । नेपाल रहेको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । यस्तै समूह ‘बी’ मा, बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्यान्ड छन् ।

अन्तिम अपडेट: भदौ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया