मौद्रिक नीति आज नआउने

 साउन ४, २०८१ शुक्रबार १०:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।

केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले परिस्थिति पनि केही परिवर्तन भएकाले मौद्रिक नीतिको तयारी नपुगेको बुझिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा डा.युबराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उहाँले पनि चासो राखेको र बिफ्रिङ गर्नुपर्ने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति अर्को हप्तालाई सारिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री बिष्णु पौडेललाई मौद्रिक नीतिबारे यसअघि नै जानकारी गराइसक्नुभएको छ । 
 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया