निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

 साउन ४, २०८१ शुक्रबार १८:३५:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पाैडेलले दायित्व सिर्जना भइसकेको रकमकाे भुक्तानी नरोकिने बताउनुभयो । सम्पन्न भएका कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी गराउनुभएको छ ।

पाैडेलले पूर्वाधार निर्माणमा गुणस्तरमा ध्यान दिन, तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माण व्यवसायीले प्रदेश र पालिकासमेत बाट गरेर झन्डै ६० अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया