डसना उद्योगमा आगलागीबाट लाखौँको क्षति, आगो निभेपछि मात्रै अायाे पानीबिनाकाे दमकल

 मंसिर ६, २०७५ बिहिबार १७:२५:५० | एलबी थापा

प्यूठान – प्यूठानमा सिरक तथा डसना बनाउने उद्योगमा विद्युत्त शर्ट हुँदा आगलागी भएको छ । 

प्यूठान नगरपालिका–७, पूण्यखोलामा रहेको सुप्रिया सिरक डसना र मिल उद्योगमा आगलागी भएको हो । बिहीबार दिउँसो २ बजेदेखि उद्योगमा भएको आगलागी हुँदा झण्डै ६५ लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक प्रदिप केसीले बताउनुभयो ।

उद्योगका मेसिन र निमार्ण गरिएका सिरक डसना, अन्य कच्चा पदार्थसहित मिल नष्ट भएको उहाँले बताउनुभयो । डसना उद्योगसँगै रहेको खाद्यान्न मिलमा समेत आगजनीबाट क्षति भएको छ । मिलमा राखिएको २० मुरी धान, कुटाउनका ल्याएको ५ मुरीभन्दा बढी धान, मकै, गहुँ जलेर नष्ट भएको केसीले जानकारी दिनुभयो ।

उद्योगमा लागेको आगो स्थानीय नागरिक, सशस्त्र प्रहरी र नेपाली सेनाले निभाएका थिए । केसीले ३ वर्षदेखि उद्योग सञ्चालन गर्दै आएउनुभएको थियो । 

आगो निभेपछि मात्रै दमकल आइपुग्यो

उद्योगमा दिउँसो २ बजे आगलागी भए पनि एक घण्टापछि स्थानीयले आगो निभाएका लिएका थिए । आगो निभेपछि मात्रै स्थानीय नागरिक आक्रोशित भएका थिए । 
आगलागी भएको स्थाननजिकै सशस्त्र क्याम्पमा दमकल राखिएको भए पनि दमकल जान ढिलाई गरिएको थियो । ‘दमकल आगो निभाउन आउँछ भनेका थियौँ’, स्थानीय इन्द्रबहादुर घर्तीले भन्नुभयो, ‘निभाएर भ्याइँदा पनि पानीबिना आएको थियो ।’ 

दमकललाई आगलागी हुनेबित्तिकै खबर गरको भए पनि आगो निभाएपछि मात्र आएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया