यूएईलाई ७८ रनले हराउँदै महिला एशिया कप क्रिकेटमा भारतकाे लगातार दाेस्राे जीत

 साउन ६, २०८१ आइतबार १८:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आज श्रीलङ्काको दम्बुलामा भएको खेलमा भारतले यूएईलाई ७८ रनले हरायो ।

भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्रै बनाउन सक्यो । यूएईकी कविशा यगोदागेले नट आउट ४० रन बनाइन् । भारतकी दिप्ती शर्माले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन बनायो । भारतकी कप्तान हरमनप्रीत कौरले ६६, रिचा घोषले नट आउट ६४ रन बनाइन् । यूएईकी कविशा इगोदागेले २ विकेट लिइन् ।

यो जितसँगै भारत २ खेलमा ४ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ । यूएई लगातार दोस्रो हारसँगै पुछारमा छ ।

आजै राति सवा ७ बजे यही समूहका नेपाल र पाकिस्तान खेल्दैछन् । नेपाल २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ, नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । यस्तै पाकिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया