रुससँगकाे मैत्रीपूर्ण भलिबलमा नेपाली महिला टाेली साेझाे सेटमा पराजित

 साउन ६, २०८१ आइतबार १८:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – रुससँगकाे पहिलाे मैत्रीपूर्ण भलिबलमा नेपाली राष्ट्रिय महिला टाेली पराजित भएकाे छ ।

आज त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएकाे खेलमा नेपाल रुससँग ३–० काे साेझाे सेटमा पराजित भयाे । रुस पहिलाे सेटमा २५–१७, दाेस्राे सेटमा २५–१९ र तेस्राे सेटमा २५–१५ ले विजयी‌ भयाे ।

काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली टोलीले रुसको टोलीसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल भोलि सोमवार हुनेछ ।

यही साउन १७ गतेदेखि काठमाण्डौमा शुरु हुने काभा नेसन्स लिगमा नेपालसहित, भारत, इरान, श्रीलङ्का र माल्दिभ्सले खेल्दैछन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया