महिला टी–२० विश्वकप २०३० मा १६ वटा टिम सहभागी हुन पाउने

 साउन ७, २०८१ सोमबार १८:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेट २०३० मा १६ वटा टिम सहभागी हुन पाउने भएका छन् । आईसीसी बोर्डले महिला टी–२० विश्वकप २०३० मा १६ वटा टिमलाई सहभागी गराउने पुष्टि गरेको हो ।

पुरुष र महिला खेलबीच समानताको प्रतिबद्धता स्वरूप टिमको सङ्ख्या बढाएर १६ वटा पुर्‍याएकाे आईसीसीले जनाएको छ । गएको जुनमा भएको पुरुष टी–२० विश्वकपमा २० वटा टिम सहभागी थिए ।

सन् २००९ देखि शुरु भएको महिला टी–२० विश्वकपमा आईसीसीले टिमको सङ्ख्या बढाउँदै लगेको छ । सन् २००९ देखि २०१६ सम्म १० वटा टिम रहेकोमा आईसीसीले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा टिमको सङ्ख्या १२ पुर्‍याएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया