महिला एशिया कप क्रिकेटमा श्रीलङ्काले मलेसियालाई १ सय ४४ रनले हरायो

 साउन ७, २०८१ सोमबार १८:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – महिला एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा श्रीलङ्काले मलेसियालाई १ सय ४४ रनले हरायो ।

श्रीलङ्काले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको मलेसिया अन्तिम बल बाँकी छँदा ४० रनमै अल आउट भयो । मलेसियाकी इल्सा हन्टरले १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । श्रीलङ्काकी शशिनी गिमहानीले ३ विकेट लिइन् ।

यसअघि घरेलु मैदान दम्बुलामा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । श्रीलङ्काकी कप्तान चामरी अथापथ्थुले शतक बनाइन् । उनले ६९ बलमा नट आउट १ सय १९ रन जोडिन् । उनी महिला एशिया कप टी–२० क्रिकेटमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेकी छिन् । मलेसियाकी कप्तान विनिफ्रेड दुरइसिङ्गमले २ विकेट लिइन् ।

यो जीतसँगै श्रीलङ्का २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । मलेसिया लगातार दोस्रो हारसँगै तालिकाको पुछारमा छ । आजै राति सवा ७ बजे यही समूहका बङ्गलादेश र थाइल्यान्ड खेल्दैछन् । थाइल्यान्ड तालिकाको दोस्रो र बङ्गलादेश तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया